×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टसको आईपीओ निष्कासनको लागि पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शिवम् सिमेन्टसको आईपीओ निष्कासनको लागि पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

१४ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शिवम् सिमेन्टसको साधारण शेयर निष्कासनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर जारी गर्ने भएको हो ।
कम्पनीको पुस २५ गते बसेको दोस्रो वार्षिक साधारणसभाले शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । कम्पनीले स्थानीयका लागि जारी पूँजीको २ प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता र आम सर्वसाधारणका लागि १० प्रतिशत अर्थात ४४ लाख कित्ता गरी कुल ५२ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो ।
गतवर्ष धितोपत्र बोर्डले उत्पादनमुलकलगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी