×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्टको बिहिबारदेखि सेयर लिलामीमा आउँदै, यी हुन् सेयर भर्ने ठाउँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

श्री इन्भेष्टमेन्टको बिहिबारदेखि सेयर लिलामीमा आउँदै, यी हुन् सेयर भर्ने ठाउँ

७ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत ८ गतेदेखि श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले ३ लाख ४४ हजार ३७३.६२ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ७७ हजार ९९६.५३ कित्ता र सर्वसाधारण समूहको ६६ हजार ३७७.०९ कित्ता कुल गरि ३ लाख ४४ हजार ३७३.६२ सेयर लिलामीमा बिक्री गर्न लागिएको हो । १ सय रुपैयाँलाई आधार विन्दु मानेर लिलामी भर्नुपर्ने हुन्छ । 
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं र विराटनगर, भैरहवा शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट भर्न मिल्नेछ । 
आवेदन दिने अन्तिम म्याद चैत १६ गतेसम्म छ । हाल यस फाइनान्सको चुक्ता पुँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा श्री इन्भेष्टमेन्टले ३ करोड ४८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ११ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी