
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत ८ गतेदेखि श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको ३ लाख ४४ हजार ३७३.६२ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ७७ हजार ९९६.५३ कित्ता र सर्वसाधारण समूहको ६६ हजार ३७७.०९ कित्ता सेयर लिलामीमा आउन लागेको हो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद चैत १६ गतेसम्म तोकिएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं र विराटनगर, भैरहवा शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको विरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ । हाल यस फाइनान्सको चुक्ता पुँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने फाइनान्स कम्पनीको चुक्त पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्