
काठमाडौं – सिद्धार्थ बैंकले सोमबार उदयपुरको बेल्टार बजारमा र मोरङको विराटचोकमा शाखा स्थापना गरेको छ । बेल्टार शाखाको उद्घाटन उदयपुर प्रदेश नं. १ (क) का सासंद बिमल कार्की तथा उदयपुर जिल्लाको चौदन्दिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले संयुक्त रुपमा गरेका छन् भने विराटचोक शाखाको उद्घाटन सुन्दर हरौंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेका छन् ।
बैंकले हालै देशभर सय वटा शाखा (३ एक्सटेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, , १०८ एटीएम र ६८७ पीओेएस मेसिनमार्फत् उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷७५ को फागुन मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५७ करोड र कर्जा लगानी ७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधिमा १ अर्ब १३ करोड नाफा गरेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्