×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको १०% हकप्रद भर्ने म्याद २ दिन बाकी, सेयर भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको १०% हकप्रद भर्ने म्याद २ दिन बाकी, सेयर भर्न कहाँ जाने ?

Artha Sarokar

५ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ बैंकको १०% हकप्रद सेयर भर्न सोमबारसहित २ कार्य दिन मात्र बाँकी रहेको छ । बैंकले फागुन २ गतेदेखि चैत ६ गतेसम्म १०ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ६८ लाख २६ हजार ११७.१९ कित्ता सेयर बिक्री खुला गरेको हो । माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । बैंकले चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजार रुपैयाँको १०% हकप्रद निष्कासन गरेको हो । १०% हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड ८७ लाख २८ हजार ८७० रुपैयाँ पुग्नेछ । 
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा सिद्धार्थ बैंकको मुख्य कार्यालय सहित अधिकांश शाखाबाट पनि हकप्रद भर्ने सुविधा छ । त्यसैगरी, सिद्धार्थ क्यापटिल लिमिटेड तथा आस्वा सदस्य बैंकहरु र तिनका शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी