
बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले पछिल्लो पटक २०७४ फाल्गुण १६ गतेदेखि नवलपरासीको विनयीत्रिवेणी नगरपालिका, महोत्तरीको रामगोपालपुर गाउँपालिका र कपिलबस्तुको यशोधरा गाउँपालिकामा शाखा संचालन शुरु गरेको छ । यस संगै बैंकका तीन वटा एक्स्टेन्सन काउन्टर सहित १०० वटा शाखा संजाल पुगेको छ ।
बैंकका सबै शाखाहरुबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सकिनेछ । विस्तारित शाखा संजालबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ । बैंकले सम्भाब्यताको आधारमा क्रमैसंग आफ्नो शाखाहरु विस्तार गरिरहेको छ । निकट भविष्यमा नै बैंकको पुहँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ ।
अब देशभर बैंकका १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ ब्त्ः र ६८७ एइक् मेसिन मार्फत् सेवा प्राप्त गर्न सकिनेछ । आर्थिक वर्ष २०७४÷०७५ को माघ मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५ करोड र कर्जा लगानी रु.७८ अर्ब ५६ करोड गरेको छ भने कुल संचालन मुनाफा रु. १ अर्ब २७ करोड रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्