
काठमाडौं – पूजा इन्टरनेशनल नेपाल प्रा.लि., जो नेपालका लागि फक्सवागनको आधिकारिक वितरक रहँदै आएको छ, उक्त कम्पनीले एक योजना फक्सवागन स्प्रिङ एक्स्चेञ्ज अफर १४ मार्च–२० मार्च सम्म संचालन गरेको सबैमा जानकारी गराउँदछौं । यस अफर अन्तर्गत ग्राहकहरुले जर्मन प्रविधिको मास्टरपिस गाडीहरु आफ्नो बनाउने मात्र नभई उहाँहरुलाई वफादारी लाभाँश, फ्रि सामानहरु, नगद छुट, सजिलो फाइनान्स सुविधाका साथसाथै दुई वर्ष सम्मका लागि असीमित किलोमिटरको वारेन्टी जस्ता अफरहरुबाट समेत लाभान्वित हुनेछन् ।
“बसन्तऋतुको आगमनले खुशीयाली र उमङ्ग बोकेर आउँदछ । हामी हाम्रा ग्राहकहरुलाई यस भन्दा अघि महसुस नगर्नु भएको बसन्त–उत्सवको खुशीप्रदान गरेर वहाँहरुलाई बासन्तीयामको अनुपमअनुभूती दिलाउन चाहन्छौं । यसर्थ, हामीले प्रस्तुत गरेका छौं फक्सवागन स्प्रिङ एक्स्चेञ्ज अफर,जुन अफरले गर्दा यो मनमोहक बसन्तऋतुमा हाम्रा गाडीहरु आफ्नो बनाउन उत्साहित हुनुहुने ग्राहकहरु अतिरिक्त फाइदाहरुको हकदार बन्नु हुनेछ अनि व्यापक मुस्कान छर्ने कारण पनि पाउनु हुनेछ ।” पूजा इन्टरनेशनल नेपालप्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्री विवेक बिजुक्छेले अफर संचालनका बारेमा प्रकाश पार्नु भयो ।
फक्सवागन कारहरु यसको गुणस्तर, सुरक्षा, कार्यकौशलता, आरामदायी तथा पावरका लागि प्रसिद्ध छन् । कारका मोडलहरु जर्मन इन्जिनियरिङको ज्वलन्त नमूना हुन् जुन सही र सटिक तवरले निर्माण भएका छन् ।फक्सवागनकारहरु कम्प्याक्ट, साना र मझौलाखाले यात्रुवाहक कारहरु, विभिन्न साइजका एसयुभिहरु ल्गायतका व्यवसायिक रुपमा हलुका र ढुवानीका गाडीहरुका लागि विश्वभर चर्चित छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्