Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकका कर्मचारी र Street Children World Cup का प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल सम्पन्न

अर्थ सरोकार

सनराइज बैंकका कर्मचारी र Street Children World Cup, 2018 का प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गईरहेको अठार वर्ष मुनिका फुटबल खेलाडीहरु बीच हुन लागेको सडक बालबालिकाहरुको Street Children World Cup, 2018 मा नेपाल २२ वटा देशहरु मध्य छनोटमा पर्न सफल भएको थियो । 
यिनै नेपालको प्रतिनिधि गर्ने “टिम नेपालका” प्रतियोगीहरुको हौसला बढाउन सनराइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल आयोजना गरेको हो । सातदोबाटो स्थित एन्फाको खेल मैदानमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भयो । कार्यक्रममा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादब, कर्मचारीहरु लगायत शेल्टर आश्रय नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यी सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग शेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुर्याउँदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK