×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक र खल्तीबिच डिजिटल भुक्तानी गर्ने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंक र खल्तीबिच डिजिटल भुक्तानी गर्ने सम्झौता

११ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सनराइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदिले बिहिबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैकिङ्ग सुबिधा प्रयोग गरी “खल्ती” मा सजिलै पैसा लोड गर्न र सो मार्फत विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । 
२६ जनवरी २०१७ बाट नेपाली बजारमा आरम्भ भएको “खल्ती”, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो । “खल्ती” एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ्ग तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ । हाल “खल्ती” प्रयोगकर्ताहरुको संख्या ७,००,००० भन्दा बढि रहेको छ ।
मोबाइल एप डाउनलोड गर्न
सनराइज बैंकको मोबाईल बैंकिङ्ग एप www.sunrisebank.com.np/mobileapp बाट डाउनलोड गर्न सकिन्छ ।
यस्तै, ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी