
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको पद खारेज सहितको माग राख्दै बुधबार सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनको पहिलो सुनवाई ३ नम्बर इजलासमा हुने भएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा सो रिट निवेदनको पहिलो सुनवाई हुने भएको हो ।
अधिवक्ता यज्ञमणि न्यौपानेले उत्प्रेषणको आदेशले प्रधानमन्त्री ओलीको पद खारेजीको माग राख्दै बुधबार रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चले शुक्रबार न्यायाधीश शाहीको एकल इजलासमा सुनवाईका लागि पेशी तोकेको हो ।
अधिवक्ता न्यौपानेले सर्वोच्च अदालतले यसअघि राखेको धारणा विपरित ओलीले संसदकै सपद नलिई प्रधनमन्त्रीको सपथ लिएको जिकिर रिट निवेदनमा गरेका हुन् । निवेदनमा नेपालको संविधान २०७२ को धारा ७६ अनुसार मन्त्रीपरिषद् गठनको मर्म विपरित संघीय संसदको सदस्य पदको सपथ नलिदै प्रधानमन्त्रीको सपथ लिनु संविधान विपरित भएकोले खारेज गर्न माग गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्