
भारतको लक्ष्मीनगरमा रही सिए अध्ययनरत नेकपा एमाले निकट बिधार्थीहरुको संगठन अभानेस्ववियु, सिए समितिले यही मिती २०७४ साल चैत्र ५ गते सोमबार “अवको आर्थिक निती र चुनौतीहरु” बिषयक अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ । अनौपचारिक ढंगले संचालित उक्त कार्यक्रममा सुरेन्द्र पाण्डे, पुर्व अर्थ मन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य, र दिपक प्रकाश भट्ट, पुर्व अभानेस्ववियू अध्यक्ष तथा सेना समायोजन समितीका सचिवाल सदस्य एवं नेकपा एमालेका विदेश बिभाग सदस्यको आतिथ्यता मा बिधार्थीहरुको उत्साहजनक सहभागीताकाबीच सम्पन्न भएको थियो।
अतिथिहरुलाई बिष्णुदेव यादव, राज ढकाल, धिरज साधना र भिष्म पोखरेलले स्वागत गरेर कार्यक्रमको सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै सुरेन्द्र पाण्डेले अबको आर्थिक बिकासमा सिएहरुको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको बताए । उत्पादन र ब्यापारनै अब आर्थिक समृद्धिको मुलभुत आधार रहेको बताउदै उनले अबको बजेटले उत्पादन र ब्यापारमा आर एण्डी (Research & Development) मा न्युनतम १% बजेट छुट्याउनु पर्ने बताए ।
त्यस्तै माननिय श्री दिपक भट्टले “सुरक्षा र अन्तराष्ट्रीय सम्बन्ध” बिषयमा आफ्नो एकदमै छोटो र सार्गर्भित मन्तव्य दिएका थिए । सुरक्षा र त्यसका चुनौतीहरुप्रति धारणा ब्यक्त गर्दै जनता सुरक्षित भए देश सुरक्षित हुने र देश सुरक्षित भएमात्र देशले समृद्धिको पथमा पाईला चाल्न सक्ने बताए। त्यस्तै विश्वकै सबैभन्दा ठूलो गणराज्य र विश्वकै सबैभन्दा ठूलो प्रजातांत्रिक मुलुकहरु बीचम रहेको हाम्रो देश नेपालले यि दुवै देशवाट आर्थिक, सामाजिक, सांस्कृतिक एवं सैद्धान्तिक फाईदाहरु मनग्यै लिनुपर्नेमा त्यसो गर्न नसकिएको उनको भनाइ थियो ।
दुवै अतिथिले भारतिय बोर्डबाट उत्तिर्ण बिद्यार्थीले गर्नूपर्ने १ बर्षे आर्टिकलसिपको सन्दर्भमा अभानेस्ववियु, सिए समितिले उठाएको मुद्धाप्रति आफु तथा पार्टी गम्भिर रहेको र आवश्यक परे छ्लफल पश्चात् नितीनै संसोधन गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो। अतिथिको मन्तब्य पश्चात् प्रश्नोत्तर खन्डमा रामकृष्ण पान्डे, किरण भट्ट, अर्जुन भट्टराई, प्रबिण काफ्ले, रिसब कार्की, राकेश कुमार शाह, माधव न्यौपाने, अरुण कटुवाल आदि सहभागीले अतिथीलाई प्रश्न सोधेका थिए। बिद्यार्थीहरुको सम्पुर्ण प्रश्नको उत्तर माननिय श्री सुरेन्द्र पाण्डेले एकदमै सरल तरिकाले दिनुभएको जानकारी सिए अभानेस्ववियूका सचिव सन्देश केसी र कोषाध्यक्ष श्री कुमार गिरीले जानकारी दिए ।
अन्त्यमा, कार्यक्रमलाई एकदमै व्यवस्थित एवं शुलभ ढंगले सन्चालन गर्दै अभानेस्ववियू, सिए समितीका अध्यक्ष सुधन महतले उपस्थित सम्पुर्ण बिधार्थी साथी, अतिथी ज्युहरु तथा कार्यक्रम सफल पार्न विशेष रुपमा सहयोग गर्नु हुने प्रवीण गिरि, अनुज जोशी, नवीन नेपाल, समीर कुमाल, सागर पौडेल र सन्जय लामिछानेलाई धन्यवाद दिदै कार्यक्रम सकिएको जानकारी दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्