×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला इन्चार्ज सुरेन्द्र यादव पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जिल्ला इन्चार्ज सुरेन्द्र यादव पक्राउ

Artha Sarokar

१२ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट – जिल्ला इन्चार्ज बारुद सिंह भन्ने सुरेन्द्र यादव पक्राउ परेका छन् । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर रहेका उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताएका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर रहेको र गत जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु राय यादवलाई अपहरण गरी २० लाख फिरौती लिएको आरोप यादवमाथि रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्य ज्यानका दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरीले बताएको छ । भारतको सीतामढी जिल्लाबाट सिआइबीको टोलीले यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाए बताइएको छ ।
रौतहटको गरुडा नगरपालिका ६ अमरपटीका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका उनीमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका ४ वटा मुद्दा छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी