- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । लघुवित्तले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । स्वदेशीले १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो ।
यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गर्नेछ । हाल स्वेदशी लघुवित्तको चुक्ता पुँजी पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । स्वदेशीले यही पुँजीको १००% हकप्रद निष्कासन गर्न लागिएको हो । १००% हकप्रद बिक्री पछि भने कम्पनीको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।