
काठमाडौँ – सामजिक सञ्जालबाट चिठ्ठा पर्यो भन्दै ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल भाइबर, म्याजेञ्जर र इमो प्रयोग गरी तपाईंको परिवार तथा छोराछोरीलाई २५ लाख बराबरको नगद र सुन चिठ्ठा पर्यो तर भारतमा ट्याक्स क्लियरेन्सको लागि पैसा चाहियो भन्दै ठग्ने गरेको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंंहले बताए ।
प्रदेश प्रहरी तथा कास्की प्रहरीको संयुक्त टोलीले कास्की, पाल्पा र धनुषा, धादिङलगायतका जिल्लाबाट पक्राउ परेका उनीहरुले करिब १ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनीहरुबाट नगद २ लाख १ हजार मात्र बरामद गरिएको पनि प्रहरीले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
पक्राउ पर्नेमा पाल्पा निस्दीका २६ बर्षिय यामबहादुर मगर, धादिङ नेत्रवती गाउँपालिकाका २८ वर्षीय ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, १९ वर्षीय मनोज तामाङ, धादिङकै खनियाबास गाउँपालिकाका २६ वर्षीय टेकबहादुर तामाङ, २५ वर्षीय जेनिस तामाङ, महोत्तरी जलेश्वर नगरपालिकाका २४ वर्षीया संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ वर्षीय कामनी तिवारी र ४५ वर्षीय योगेन्द्र तिवारी रहेका छन् ।
यसरी खुलेको थियो रहस्य
जिल्ला प्रहरी कार्यालयमा एक जना व्यक्तिको निवदेन पर्यो। निवेदकले करिब डेढ वर्ष अगाडि आफूलाई चिठ्ठा परेको बताउने व्यक्तिले भने अनुसार बैंक अफ काठमाण्डुमा याम राना मगरको नाममा ट्याक्स क्लियरेन्सको लागि पैसा पठाएको तर त्यसपछि ती व्यक्ति सम्पर्कमा नआएको विवरण दिए ।
त्यही विवरण पछ्याउने क्रममा पाल्पा ज्यामिरेका याम राना मगर चैत १ गते पक्राउ परे । सामािजक सञ्जालबाट ठगी भएको घटनाको शुक्ष्म अनुसन्धान गर्दै गर्दा धेरै व्यक्तिको यो धन्दामा कनेक्सन देखियो ।
अनुसन्धानको क्रममा पक्राउ परेकाहरुले साउदी अरबमा रहेको नरेश राउतको निर्देशनमा आफूहरुले काम गरेको र ठूलो रकम जनकपुर क्षेत्रमा पठाउने गरेको खुलासा गरे ।
प्रहरीले जनकपुर क्षेत्रका ती व्यक्तिहरुलाई पैसा पठायो अनि त्यहाँबाट संगीता मिश्र र कामनी तिवारीलाई पक्राउ गर्यो । संगीताले यो सबै काम योगेन्द्र तिवारीको निर्देशनमा भएको बताएपछि योगेन्द्र पनि पक्राउ परे तर साउदीमा रहेका भनिएका नरेश राउत भने पक्राउ परेका छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्