
बिगत लामो समयदेखि नेपाली बजारमा आफ्ना विभिन्नमोडेलकामोटरसाईकलतथा स्कुटरहरु बिक्रिबितरण गर्दै आएको टि.भी. एस. ले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।
केहि समय अगाडि आफ्ना ग्राहकहरुको लागि देशव्यापी रुपमा साथ छ हाम्रो नामक क्याम्पियन गरेको टि.भी. एस.ले नयाँ वर्षको उपलक्ष्यमा पनि आफ्ना नयाँ ग्राहकहरुका लागी नयाँ बर्षको सुरुवात, जिवन भरको साथ नामक नयाँ योजना सार्वजानिक गरेको छ । गत हप्ता एक कार्यक्रम गरि सार्वजनिक गरिएको योजना अन्तर्गत टि.भी. एस. को कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा रु ८००१ तुरुन्त प्राप्त गर्न सकिने छ, देशभरि फैलिएको टि.भी. एस. को कुनै पनि आधिकारिक बिक्रेता तथा शोरुमबाट यो योजनाको फाइदा लिन सकिने कुरा उक्त कार्यक्रम मार्फत जानकारी गराइयो ।
नेपाल र नेपालीहरुको महान पर्वको रुपमा रहेको नयाँ वर्ष २०७५ को पावन अवसरमा ग्राहकको सम्मान सहित उपहार स्वरुप रु ८००१ प्रदान गर्न लागिएको कुरा कम्पनीका तर्फबाट बजार प्रमुख बिक्रम पौडेलले जानकारी प्रदान गर्नु भयो । नयाँ बर्षको अवसरमा प्रदान गर्न लागिएको उक्त योजना आगामी केहि महिना सम्म उपलब्ध रहनेछ । देशै भरि ३ एस (सेल्स, सर्भिस र स्पेर्स) सहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको टि.भी. एस. ले ग्राहकहरु प्रति समर्पित यस्ता योजनाहरु ल्याउदै आएको र भबिष्यमा पनि यो भन्दा आकर्षक योजनाहरु ल्याउने कुरा बजार प्रमुख पौडेलले जानकारी गराउनु भयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्