×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे नौ लाखबराबरको अवैध सामग्री बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साढे नौ लाखबराबरको अवैध सामग्री बरामद

१२ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इलाम – अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्य बराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले आइतबार बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका करिब साढे नौ लाख मूल्य बराबरको सामग्री तीनघरे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले बरामद गरेको हो ।
प्रहरीले मे. १ ज. १६३१ र मे. १ ज. २९२८ नम्बरको पिकअप, भन्सार छलेर ल्याएको लाखौँ मूल्यको सामग्रीसहित पिकअपका चालकद्वय सूर्योदय नगरपालिका–२ का हुकुम तामाङ र सोही स्थानका पुरन स्याम्बोलाई पक्राउ गरेको हो । नियन्त्रणमा लिएको पिकअप र बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको नायव सुब्बा चेतनाथ खनालले जानकारी दिनुभयो ।
पिकअप चालकलाई भने प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । तस्करले पशुपतिनगरका सीमा नाकाबाट अवैध तरिकाले नेपालतर्फ भित्राएको उक्त सामग्रीहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसम्म पु¥याउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी