Skip to content
LAXMI SUNRISE BANK

भिसा कार्डका ग्राहकका लागि सिद्धार्थ बैंकले ल्यायो नगद फिर्ता योजना

अर्थ सरोकार

सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा कार्डका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी बस्तु तथा सेवा खरिद गर्दा आफ्नो खातामा नगद फिर्ता हुने (क्यास ब्याक) योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत् यस बैंकका भिसा कार्डका नयाँ ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड एक्टिभेट गरेको १५ दिनभित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा उक्त पहिलो कारोबार अन्तर्गत् भएको कुल खरिद रकमको १५ % वा अधिकत्तम रु १००० सम्मको नगद आफ्नो खातामा फिर्ता पाउनेछन् । 
यसै गरी भिसा कार्डको प्रयोग गरिरहेका बैंकका ग्राहकहरुले नेपालभित्र आफ्नो भिसा डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत् तीन वा तीनभन्दा बढी खरिद कारोबारमा कुल न्यूनतम रु १००० को खरिद गरेको खण्डमा आफ्नो खरिद रकमको १० % वा अधिकत्तम रु १००० सम्मको नगद आफ्नो खातामा फिर्ता पाउन सक्नेछन् । बैंकले सञ्चालनमा ल्याएको यो योजना चैत्र मसान्तसम्म जारी रहने जानकारी गराएको छ ।
ग्राहकहरुलाई वस्तु तथा सेवाको खरिद गर्दा नगदको प्रयोगको सट्टा कार्ड मार्फत् भुक्तानी गर्न अभिपे्ररित गर्नका लागि यस योजना संचालनमा ल्याएको बैंकले जनाएको छ । 
बैंकले हालै देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ एटिएम र ६८७ पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड गरेको छ भने कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK