
काठमाडौँ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताएकी छन् ।
त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले राज्यले महिला शिक्षामा जोड दिनुपर्ने बताइन् ।‘हामी चेतनशील भएमात्र समाज परिवर्तन गर्न सक्छौँ,’– उनले भनिन् ।
उनले महिला पुरुष मिलेर बस्नु राम्रो हुने भन्दै यदि बस्न नसके सम्बन्धविच्छेद गरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् । महिला अधिकारकर्मीले विभिन्न कारणले पीडित भएका महिलालाई आर्थिक सहयोग गरेर माथि उठाउनुपर्ने उनको भनाइ थियो ।
त्रिवि गृहविज्ञान केन्द्रीय विभागका प्रमुख मनसा थापा ठकुराठीले महिला दिवस एक दिनमात्र मनाएर नहुने भन्दै सकारात्मक परिवर्तनका लागि वर्षभरि नै प्रयास गर्नुपर्नेमा जोड दिइन् । समान अधिकारका लागि महिला नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
गृह विज्ञान केन्द्रीय विभागका प्रा डा निर्मला उप्रेतीले समाजमा विभिन्न खालका चुनौती भएकाले त्यसलाई चिर्दै सरकारको आश नगरी व्यक्ति स्वयं आफैँले सक्रियता देखाउनुपर्ने बताइन् ।
समान ज्याला, समान अधिकार, कामको निश्चित समय, काम गर्ने वातावरणको माग राख्दै अघि बढेको विश्व महिला मुक्ति आन्दोलन मार्च ८ अर्थात् आजका दिन १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा विश्वभर मनाइँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्