×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् ‘बोक्सी’ भन्दै रोमालाई यातना दिने दानवहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यी हुन् ‘बोक्सी’ भन्दै रोमालाई यातना दिने दानवहरु

Artha Sarokar

१ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी – कैलालीको घोडाघाडी नगरपालिकाकी रोमा चौधरीलाई बोक्सी भन्दै ६ घण्टासम्म यतना दिनेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । विहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।
अाफूलाई भोलेबाबा भन्दै अाएका रामबहादुर चौधरी, किस्मती चौधरी ढुसरकी स्मारिका चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । रोमालाई कुटपिट गर्न तीनै जनाका मुख्य भूमिका रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
कैलाली प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ । उक्त घटनामा मतियारको रुपमा रहेका रामबहादुर चौधरीकी ४१ वर्षीय आमा सितारानी चौधरी, बेद प्रसाद चौधरी र सोही ठाउँकी चनकलाल चौधरीलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बोक्सी भन्दै रामबहादु चौधरी र उनका सहयोगीले ६ घण्टासम्म लगातर रोमालाई यातना दिएका थिए । गाउँभरीका सर्वसाधारणलाई भेला गरेर सार्वजनिक रुपमै रोमालाई कुटपिट गरिएको थियो । उक्त कुरा सार्वजनिक भएपछि सुरुमा प्रहरीले रामबहादुरलाई पक्राउ गरेको थियो । तर घोडाघोडी नगरपालिकाका मेयरले छुटाएका थिए ।
घटना संचारमाध्यम भइरल भएपछि सरोकारवाला नियकाहरुको ध्यानाकर्षण भएको थियो । प्रहरीले रामबहादुरसहित उनका सहयोगीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।
देशभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको बेला फागुन २४ गते उक्त घटना घटे‍को थियो ।
घटनामा पीडकलाई बचाउन खोजेको भन्दै घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी निकै विवादित भएका थिए । उनमाथि अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको थियो । उनका हाल काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी