×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश ३ का मन्त्री युवराज दुलाललाई सुमार्गीकी पत्नीले तिमि भनेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रदेश ३ का मन्त्री युवराज दुलाललाई सुमार्गीकी पत्नीले तिमि भनेपछि…

७ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हेटौंडा – बुधबार बिहानैबाट हेटौंडाको चहलपहल बेग्लै थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार सिरहामा भएको एक कार्यक्रम सकेर हेटौंडा पुगेका थिए ।
पार्टी अध्यक्ष आएपछि सानै भए पनि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश ३ का प्रायः मन्त्री गणहरुको पनि उपस्थिति रहेको थियो । त्यतिले मात्र नभएर कार्यकर्ता तथा व्यापारीको पनि उपस्थिति रहेको थियो । व्यापारी थिए अजय सुमार्गी जो एक नाम चलेकै व्यापारी हुन् । उनी एक्लै कार्यक्रममा गएनन् उनले साथमा पत्नीलाइ पनि लिएर गएका थिए ।
माओवादीसँग राम्रै हिमचिम भएकी अजयकी पत्नी बेलाबेला अध्यक्ष प्रचण्डको घरमा पनि जाने अाउने गरेकी थिइन् । उनले त्यहाँ माअ‍ोवादी केन्द्रबाट मन्त्री बनेका प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाललाई व्यवसायी अजेयराज सुमार्गीकी पत्नीसमेत रहेकी अस्मिता सुमार्गीले सोधिन्, ‘ए ! तिमी पनि यहाँ ?’ उनले सार्वजनिक स्थानमा तिमि शब्दको प्रयोग गर्दा विचारा मन्त्रीज्यूलाई गाल नपरोस् पनि कसरी ? तर, उनले त्यसलाई सहज रुपमा लिए र भने, ‘अँ म यतै छु ।’ सामून्ने रहेका सुमार्गीले पत्नीको कुरा सुनेर अप्ठेरो मान्दै उनलाई चिनारी गराए र भने, ‘उहाँ अहिले प्रदेशको मन्त्री हुनहुन्छ ।’ अस्मिताले भनिन्, ‘ए, थाहा थिएन ।’
मन्त्री र व्यापारीको कुरा नसुने पनि प्रचण्डले सबैले खैलाबैला गरेको मेसो पाए । उनले परिस्थितिलाई सामान्य रुपमा बनाइदिए । हुनत प्रधानमन्त्री भइसकेको व्यक्ति त्यस्ता कुरा सुनेर पनि किन बस्थे र । प्रचण्डको अंगरक्षक रहेका मन्त्री दुलाललाई पत्नीले तिमी भनेर सबैका सामु सम्बोधन गरेपछि हेटौंडामा तरंग पैदा भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी