
- अर्थ सरोकार सम्बाददाता
बिराटनगर- यसअघि सेयर बजारलाई अनुद्पादक क्षेत्र भनेपछि विवादमा आएका अर्थमन्त्रीले पुन लहडको भरमा शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । बिराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले शेयर बजार घटबढ हुनु स्वभाविक भएको बताउंदै सबैलाई सजग भएरमात्र लगानी गर्न आग्रह गरेका छन् ।
‘अन्तर्राष्ट्रिय बजारमा सबै वस्तुको मूल्य घट्छ यो त बजारमूल्य हो भन्नुहुन्छ, अनि शेयरको मूल्य घट्ता चाहिँ घट्यो भनेर फेरि कराउनु हुन्छ । त्यो कस्तो चिज हो ? घट्नै नहुने ?’ उनले भने, ‘बजारमा कुनै चिजको भाउ घटबढ भइरहन्छ । चिनी बढी आपूर्ति भयो भाउ घट्यो । त्यस्तै शेयर बढी आपूर्ति भयो भाउ घट्यो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थशास्त्रको सामान्य सिद्धान्त हो, आपूर्ति बढ्दा बजार मूल्य घट्छ । शेयर पनि धेरै थपिए, बजार मूल्य घट्यो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्