×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारका बारे फेरि बोले अर्थमन्त्री, भन्छन्, ‘लहडको भरमा शेयर बजारमा लगानी नगर्नुस्, बजार घट्नु स्वाभाविक’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारका बारे फेरि बोले अर्थमन्त्री, भन्छन्, ‘लहडको भरमा शेयर बजारमा लगानी नगर्नुस्, बजार घट्नु स्वाभाविक’

१२ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बिराटनगर- यसअघि सेयर बजारलाई अनुद्पादक क्षेत्र भनेपछि विवादमा आएका अर्थमन्त्रीले पुन लहडको भरमा शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । बिराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले शेयर बजार घटबढ हुनु स्वभाविक भएको बताउंदै सबैलाई सजग भएरमात्र लगानी गर्न आग्रह गरेका छन् ।
‘अन्तर्राष्ट्रिय बजारमा सबै वस्तुको मूल्य घट्छ यो त बजारमूल्य हो भन्नुहुन्छ, अनि शेयरको मूल्य घट्ता चाहिँ घट्यो भनेर फेरि कराउनु हुन्छ । त्यो कस्तो चिज हो ? घट्नै नहुने ?’ उनले भने, ‘बजारमा कुनै चिजको भाउ घटबढ भइरहन्छ । चिनी बढी आपूर्ति भयो भाउ घट्यो । त्यस्तै शेयर बढी आपूर्ति भयो भाउ घट्यो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थशास्त्रको सामान्य सिद्धान्त हो, आपूर्ति बढ्दा बजार मूल्य घट्छ । शेयर पनि धेरै थपिए, बजार मूल्य घट्यो ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी