
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तपाईंले कति कक्षा पढ्नुभएको छ ? वारुण यन्त्र फायरमेन बन्न कति योग्यता चाहिन्छ होला ? तपाईंले अनुमान गरेभन्दा केहि फरक समाचार छ । मेचीनगर नगरपालिकाले वारुण यन्त्र फायरमेन बन्नका लागि २० कक्षा पास गरेको नेपाली नागरिक हुनुपर्ने भन्दै बिज्ञापन छापेको छ । २० कक्षा ? कति हो यस्तो पढाइ भनेको ? १२ पछी ८ बर्ष बढ्दा त माष्टर्स नै सकिन्छ । भन्न खोजेको के होला ? यो सामान्य त्रुटी वा अरु केहि ? तपाईंले अनुमान गर्न सक्नुहुन्छ ?
यस विषयमा हामीले तथ्य फेला पारेका छौं । यो बिज्ञापनमा खास भन्न खोजेको १० कक्षा पास हो । त्रुटी भएछ भन्ने ठान्नुभएको होला । धेरैले त्यहि नै सोच्छन् । तर नगरपालिकामा कतिपयले भने भोलिपल्ट फेरि भूलसुधार छापेर उक्त बिज्ञापनको कमिसन कुम्ल्याउन यस्तो भएको आरोप लगाएका छन् । यस विषयमा हामीले नगरपालिकामा समेत बुझेका थियौं । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै नगरपालिकाका एक कर्मचारीले भने, ‘अनुमान वा आरोप त जे लगाउन पनि सकिन्छ । तर मागेको १० कक्षा पास हो । भूलसुधार गरिसकिएको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्