
काठमाडौं – ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड प्रहार गरेका छन् ।
पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिड छर्किइएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको ढकालले बताए।
घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उनले जानकारी दिए। श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि एसिड छर्कनुको कारण भने खुल्न नसकेको ढकालले बताए। खनियाँ पनि त्रिचोक निवासी हुन्।
प्रहरी अफिसरको यसप्रकारको कामले सिङ्गो नेपाल प्रहरीलाई लज्जित बनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्