
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- चन्द्रागिरी हिल्स लिमिटेडमा पुगेका बिकास मिडियाका पत्रकार साथीहरुसँगको कुराकानीमा इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले बजार १५०० सम्म पुग्न सक्ने र तल झार्न सक्ने बताए भनी उक्त सञ्चारगृहबाट सञ्चालन हुने बिकासन्यूज डटकमले समाचार छाप्यो । आर्थिक पत्रकारितामा आफ्नो फरक र छुट्टै पहिचान बनाउन सफल भएको र बजारमा अधिकांसले राम्रो मान्ने पत्रकार सम्पादक रहनुभएको बिकासन्यूज डटकमले अम्बिका पौडेलले त्यसो नभनी समाचार लेख्यो भन्ने कुरा हामी पत्रकारलेमात्र होइन आम जनताले पत्याउने कुरा भएन । उक्त अनलाइनले आफ्नो विश्वसनीयताको छाप पनि बनाएको छ । त्यसैले पौडेलले त्यसो नभनी मिडियाले कुरा बंग्यायो कि भन्ने प्रश्न उठाउने ठाउँ कम छ ।
हुन पनि अम्बिका पौडेलले भने भनेपछि पत्याउने धेरै छन् । बजार घटेर आफ्नो पोर्टफोलियोमा अलिकति असर गर्नेबित्तिकै नेपालमा पूँजी बजारमा भएभरका सबै समस्या समाधानको माग गर्दै आन्दोलनको धम्की दिने उनी बजार अलिकति बढ्न थालेपछी चुप भएका थिए । केहि समय अगाडी मिडियालाई बजार १५०० सम्म पुग्छ भनेका उनले आफुले बजार बढेका बेला सेयर बेचेपछी फेरि फेसबुकमा स्ट्याटस लेखे, ‘१५ लाख भन्दा बढी लगानीकर्ता करिब १७ खर्बको बजार कसैले यति पुग्छ उति पुग्दछ भनी भनेको र लेखेको आधारमा घट्न र बढ्न सक्दैन । यो त बिशुद्द रुपमा लगानीकर्ताहरुको लगानी सम्बन्धि निर्णयले माथी तल हुने हो भन्ने मेरो बुझाई छ । पुंजीबजारका आधारभुत सिद्धान्तहरुको अध्ययन गरि विवेकशील तथा व्यावसायिक लगानीकर्ता बनौं । हल्लाको पछि नलागौ ।’
![]() |
| अम्बिका पौडेलले दिएको अभिव्यक्ति विवादित भएपछी उनले राखेको स्ट्याटस |
उनले भनेको भनी छापिएको समाचारका अनुसार उनले भालेश्वर महादेवलाई देखाएर भनेका छन्, ‘भालेश्वर मन्दिरमा आएर झुटो बोल्न भएन, सत्य बोल्नुपर्छ । यस मन्दिरमा तपाईहरु पनि एउटा वर माग्नुहोस्, त्यो पुरा हुन्छ । यो मेरो विश्वास हो ।’ उनले थपे–‘मेरो हिसावमा नेप्से बढेर १५०० छुन सक्छ, त्यसपछि बजार घट्न सक्छ ।’ उनको कसमले समाचार छापिएकै दिन हावा खायो । उनले फेसबुकमा फरक आशयको स्ट्याटस लेखे । यसले सीधा रुपमा उनको दुइजिब्रे प्रवृति त देखाएको छ नै बजारमा यस्ता ठुला लगानीकर्ताका कुरा सुनेर नै कति लगानीकर्ता डुबेका छन् भन्ने कुरा पनि देखाएको छ । अव त अरु केहिको सीप नलागेपछी देउताका नाममा जनता ठगिने गरी अभिव्यक्ति दिन थालेछन् पौडेलले ।
![]() |
| यो अम्बिका पौडेलले दिएको अभिव्यक्तिबारे छापिएको समाचारको स्क्रिनशट हो । रातो गोलाकार घेराभित्रका व्यक्ति अम्बिका पौडेल हुन् र तलको घेराभित्रको कुरा उनले दिएको अभिव्यक्ति हो । |
यस्तालाई हामीले नेता मानिदिनुपर्ने है ?
हाम्रो देशनै अचम्म छ, राम्रो काम गर्नेहरु नेता बन्न गाह्रो छ । नेपालको राजनीतिमा मात्र होइन, यो कुरा नेपालको सेयर बजारमा पनि लागु भएको संकेत देखिएको छ । कहिले के भन्ने कहिले के भन्ने, आफ्नो पोर्टफोलियो घटेपछी आन्दोलनको धम्की दिने, बजार बढ्न थालेपछी चुप हुने, मार गाली खाएर आउने अनि अर्थमन्त्रीले सकारात्मक बोले भनेर गफ चुट्ने, आफुले किनेपछी बढ्छ बढ्छ भनेर मिडियामा फुक्ने अनि आफुले बढेका बेला बेचेपछी घट्छ घट्छ भनेर फलाक्ने उनको बानीमाथि धेरै लगानीकर्ता जानकार छैनन् । तर बनाउनेले नेता बनाइदिएपछी उनलाई नेता मान्नुपर्ने नै बाध्यता छ । तर तीतो यथार्थचाहिं अम्बिका पौडेल साना लगानीकर्ताको पक्षमा न हिजो थिए, न आज छन् । अव भालेश्वर महादेवले भोलि के बुद्धि दिन्छन्, त्यो भोलिकै कुरा होला ।
लगानीकर्ता सचेत बनौं !
अम्बिका पौडेल त एक उदाहरणीय पात्र मात्र हुन्, नेतागिरी गरेर जनता झुक्याउने अरु थुप्रै छन् बजारमा । संघको आडमा मान्छे थर्काउने, भित्री जानकारी माग्ने, नत्र धम्की दिने, बैंकबाट कर्जा लिन संघको नाम भजाउने अनि तिर्ने बेलामा संघको दादागिरी देखाउनेहरु थुप्रै छन् बजारमा । यथार्थ कुराचाहिं के हो भने १बजार कसैले यति पुग्छ उति पुग्दछ भनी भनेको र लेखेको आधारमा घट्न र बढ्न सक्दैन । तर ठुला भनिएका कथित नेताहरुले यहि दुष्प्रयास गरिरहेका छन् । हामी लगानीकर्ता सचेत हुन आवश्यक छ । आखिर अहिलेसम्म साना डुबीरहने, यिनीहरु मोटाइरहने त भएको छ नि बजारमा ।
के भन्छन् अम्बिका पौडेल ?
यता यस विषयमा हामीले अम्बिका पौडेललाई सोधेका थियौं । उनले आफुले मिडियासँग नभई व्यक्तिगत रुपमा पत्रकार साथीसँग उक्त कुरा भनेको स्वीकारेका छन् । ‘बोल्दिन भन्दा भन्दै पनि बोल्न वाध्य बनाइयो । मैले व्यक्तिगत रुपमा भनेको कुरालाई समाचारमा मलाइ सानो कोट गरेर ठुलो हेडलाइन बनाइयो । मलाइ यसमा ठुलो दुख छ ।’ उनको अभिव्यक्तिले पनि उनले भनेका रहेछन् भन्ने पुष्टि हुन्छ । ‘कहिलेकाहीं साथीभाइका नाताले आफुलाई लागेको कुरा भनिन्छ नि ! तर त्यसलाई समाचार बनाइनुका पछाडी भने मलाइ दुख लागेको छ । सबैतिरबाट कुरा आउन थालेपछी मैले फेसबुकमा स्ट्याटस हालेको हुँ। ‘ सेयर बेचेपछी तपाईंले यस्तो चलखेल गर्नु भएको भन्ने चर्चा छ नि ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मैले सेयर बेचेको छैन । दिनमा करोडौं घाटा सहेर बसेको छु । हामी दिनमै करोडौं घाटा खाएर बसेका छौं । अनि जिन्दगीभर १ करोडको कारोबार नगर्नेहरु हामीविरुद्ध उफ्रिरहेका छन् ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper










प्रतिक्रिया दिनुहोस्