
काठमाडौं – काठमाडौंका बिभिन्न ठाउँमा यौनधन्दाहरु चल्दै आएका रहस्यहरु बेलाबेलामा बाहिर आउने गरेका छन् । विशेषगरी पैसा कमाउनका लागि खाजा पसलदेखि तारे होटलसम्मका व्यवसायीहरुले यौनधन्दा चलाउदै आएका छन् ।
यस्ता अबैध यौन धन्दा चलाउनेहरु बेलाबखत प्रहरी खोरमा समेत पुग्दै आएका छन् । यसैबीच प्रहरीले तीन महिलालाई यौन व्यवसायी चलाएको आरोपमा काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत गौशालाले खतरनाक यौन व्यवसायी गर्ने तीन महिलालाई पक्राउ गरेर मद्धा चलाएको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाकी ५४ वर्षीया गीता दाहाल, झापा जिल्लाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल रहेका छन् ।
सिटौला र दाहालले विजय चोकमा कोठा भाडामा लिएर यौन व्यवसायी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । ठमेल क्षेत्रका मसाज सेन्टरमा हुने यौन व्यवसायलाई प्रहरीले नियन्त्रणमा लिएपछि यौनकर्मी र सञ्चालकले भाडामा कोठा लिएर यौनजन्य गतिविधि गर्दै आएका छन् ।
खासगरी सूचनाको आधारमा उनीहरुलाई बुझ्नका लागि गिरफ्तार गरिएपनि घर भाडामा लिएर नै यौन व्यवसायी सञ्चालनमा महिला नै सक्रिय देखेपछि प्रहरी छक्क परेको छ । दोषीलाई कानुनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्