
विराटनगर – पूर्वसांसद तथा नेपाल कम्युनिष्ट पार्टीका नेता बाबुलाल पासवानलाई प्रहरीले गिरफ्तार गरेको छ । पासवानलाई मंगलबार बूढीगंगा गाउँपालिकाको निमुवाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिएक छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको विषयमा बुझ्न भन्दै पासवानलाई पक्राउ गरिएको जनाइए पनि प्रहरीले यस विषयमा थप खुलाएको छैन ।
पासवानसँगै अन्य दुईजना पनि पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ। पक्राउ पर्नेमा पुरुषोत्तम अधिकारी र लिलानाथ काफ्ले रहेका छन्। यद्यपि, अधिकारी र काफ्ले पक्राउ परेको विषय अझै पुष्टि भएको छैन।
६४ वर्षीय पासवान पहिलो संविधानसभा निर्वाचनमा माओवादीको तर्फबाट समानुपातिक सभासद् भएका थिए। पार्टी विभाजनपछि पासवान नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका छन्।
सोमबार साँझ विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालयमा बम विस्फोट भएको थियो । पासवानलाई नेकपाको नेता भएकै कारण गिरफ्तार गरिएको एसपी बिसीले बताए। तर, बम विस्फोटमा उनि संलग्न भएको भने हुन् वा हैनन् भन्ने केही खुलेको छैन। अहिले अनुसन्धानमा राखेको छ।
नेत्र विक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार पुर्बी नेपाल बन्दको आह्वान गरेकोले उनकै कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने मोरङका प्रमुख जिल्लाअधिकारी रामप्रसाद आचार्यले बताएका छन्।
यस्तै पूर्वपश्चिम राजमार्गको गछिया सडक खण्डमा शंकास्पद वस्तु फेला परेको थियो । दुबै घटनापछि प्रहरीले मोरङमा सुरक्षा सतर्कता बढाएको छ । मंगलबार बसेको प्रदेश १ को बैठकमा दूतावासको सम्पर्क कार्यालयमा भएको बम विस्फोटको घटनाबारे सांसदले जवाफ माग गरेका थिए ।
कांग्रेसका सचेतक केदार कार्कीले सुरक्षा व्यवस्था फितलो भएको भन्दै विराटनगरमा बम र गोलीकाण्ड बढ्दै जानु चिन्ताको विषय भएको बताएका थिए । मंगलबारको पुर्बी नेपाल बन्दपछि प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि धरपकड र गिरफ्तारी बढाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्