
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले उपलब्ध गराएका सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका छन् । डा. भट्टराईले २०७५ बैशाख १ गतेदेखि सुुरक्षाकर्मीको टोली फिर्ता पठाउने निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।
सरकारले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरुको सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मीहरुको टोली खटाउने गर्दछ । यसरी सुरक्षाकर्मी खटाइँदा धेरै जनशक्ति दुरुपयोग भइरहेको डा. भट्टराईको ठहर छ ।
यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेरै आग्रह गरेका थिए । सोही आग्रह उनले विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखलाईसमेत गरेको भट्टराईको सचिवालयले जनाएको छ ।
अब उनको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मात्र उनिसँगै रहनेछन । उनले पीएसओबाहेक रकारले उपलब्ध गराएका सबै सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरिसकेको डा भट्टराईको सचिवालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्