
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता रोकिनुको कारण आफूलाई पनि थाहा नभएको बताएका छन् । सबै कुरा टुङ्गिएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतामा ढिलाई गरेको बताउँदै गौतमले तलबाट एकता प्रक्रिया सुरु आव्हानसमेत गरेका छन् ।
एकता संयोजन समितिको सदस्य समेत रहेका एमाले बरिष्ठ उपाध्यक्ष गौतमले एमाले र माओवादी केन्द्रको सिन्धुली–काठमाण्डु सम्पर्क मञ्चद्वारा शनिबार गोदाबरीमा आयोजित बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै ओली–प्रचण्डका कारण एकताका ढिलाई भएको र ढिलाईको कारण आफूले पनि थाहा नपाएको बताएका हुन् ।
‘एकताका लागि राजनीतिक प्रतिवेदन तयार छ, विधान पनि तयार भइसकेको छ, धेरै कुरा मिलिसकेका छन्, तर पनि एकता हुँदैन, किन भइरहेको छैन, मलाई पनि थाहा छैन’ गौतमले भने, ‘त्यसैले, अब एकता माथिबाट होइन, तलबाट गर्नुपर्छ, केही अप्ठेरो परे म बेहोरौंला ।’
१७ असोजमा गर्ने भनिएको एकता हुन नसक्नुको गुदी कारण के हो, त्यसबारे एकता संयोजन समितिका अन्य सदस्यलाई ओली र प्रचण्डले जानकारी नगराएको गुनासो पनि गौतमले गरे । ‘एकता नहुनुको कारण ओली र प्रचण्डबाहेक अरु कसैलाई थाहा छैन’ गौतमले भने, ‘उहाँहरुबीच के के कुरा हुन्छन्, एकता संयोजन समितिमा रहेका हामीलाई समेत जानकारी गराइन्न ।’
आफू धेरै एकता प्रक्रियामा सहभागी भएपनि यत्तिको जटिल एकता आफूले अरु नदेखेको गौतमले बताए। ‘प्रचण्डले माओवादी घटकबीच १६ पटक एकता गराउनु भयो रे १ ०४७ मा माले–मार्क्सवादी बीच एकता भएर एमाले बनेयता विभिन्न समूहसँग ४६ पटक एकता भइसक्यो, ती सबैजसो एकतामा म आफैं संलग्न छु’ गौतमले भने, ‘तर एमाले–माओवादी केन्द्रबीच जत्तिको जटिल एकता मैले देखेको छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्