×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमर्सियल बैंक छोडेर किन बिकास बैंक रोज्दैछन् बैंकरहरु ? बैंकरकै कटाक्ष, ‘धनी नामर्द ठिक कि ठिक्कको मर्द ?’

अर्थ सरोकार

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार

PRIME CA

कमर्सियल बैंक छोडेर किन बिकास बैंक रोज्दैछन् बैंकरहरु ? बैंकरकै कटाक्ष, ‘धनी नामर्द ठिक कि ठिक्कको मर्द ?’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रभु बैंकमा डेपुटी सीइओ भएर काम गरेका ताराप्रसाद मानन्धर मुक्तिनाथ विकास बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत भएर छिरे । १८ बर्षको बैंकिङ अनुभव भएका उनले नेपाल बंगलादेश बैंक, एनसिसी बैंक हुँदै स्ट्यान्डर्ड चार्टर्ड बैंकमा समेत काम गरेका छन् । तर कमर्सियल बैंकमा यति लामो अनुभव भएका उनी किन बिकास बैंक छिरे ?
यसो त बैंकर वाणिज्य बैंक छाडेर बिकास बैंक जाने गरेको घटना यो पहिलो भने होइन । र वाणिज्य बैंक छाडेर बिकास बैंकमा आउन खोज्नेहरुको लर्को पनि लामो नै छ । नेपाल इन्भेष्टमेन्ट बैंकबाट मेगामा डेपुटी सीइओ भएर गएका एक बैंकर निकट भविष्यमा नै एक बिकास बैंकमा सीइओ भएर जाँदैछन् । त्यस्तै एनआइसी एसिया बैंकका उपल्लो तहका एक बैंकरपनि बिकास बैंक तिर जाने तयारीमा छन् । उनेल २ बिकास बैंकसँग बार्गेनिङ गरिरहेका छन् । सिभिल बैंकमा राम्रै दर्जामा काम गरेका एक बैंकरपनि बिकास बैंक हानिने तयारीमा छन् ।आखिर किन बैंकरको रोजाईमा पर्दैछ बिकास बैंक ? सुन्दा सामान्य लाग्ने तर एउटा गहन बहस हुन सक्छ यो ।

थरी-थरीका पीडा, फरक-फरक प्रतिक्रिया !
कमर्सियल बैंक छाडेर भकाभक बिकास बैंकतिर किन जाँदैछन् बैंकरहरु ? हामीले यहि प्रश्न कमर्सियल बैंक छाडेर बिकास बैंक गएकाहरु र जाने तयारीमा रहेकाहरुलाई सोधेका थियौं । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै विभिन्न बैंकरहरुले वाणिज्य बैंकको स्थिति सोचेको जस्तो नभएको र केहि बिकास बैंकको स्थिति केहि वाणिज्य बैंकहरुभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । 
‘कुन बैंक रोज्ने भन्ने आफ्नो कुरा हो । जहाँ कम्फर्ट हुन्छ, त्यहीं जाने हो । कुनै बिकास बैंक छोड्नु भनेको काम गरिरहेको वाणिज्य बैंक नराम्रो भएर भन्ने पनि होइन ।’ छिट्टै नै एक विकास बैंकमा जाने तयारीमा रहेका सिभिल बैंकमा कार्यरत एक बैंकर भन्छन्, ‘सबैको आ-आफ्नै चोइस हो । कि यसमा पनि कुलिङ लगाउनुपर्यो ! (लामो हाँसो) यस्तै बिकास बैंकमै कार्यरत एक बैंकरले यस विषयमा अर्थ सरोकार डटकमसँग भने, ‘ ठुलो भनेर के गर्नु ? कतिपय बैंकमा वर्किंग कल्चर नै हुँदैन । प्रेसर बढी आउँछ । जागिरका लागि घर, परिवार, नै छोडेर त कसले किन जागिर खाने र ? आफुलाई जहाँ सजिलो हुन्छ तहिं काम गर्ने हो। ‘
पैसा र पद पनि फ्याक्टर, कतिपय बिकास बैंक वाणिज्यभन्दा अब्बल !
यसो त पैसा र पद पनि जागिर छोड्ने ‘फ्याक्टर’ बन्ने गरेको कतिपय बैंकरहरुको भनाइ छ । ‘पैसा बढ्छ भने, वा पद बढ्छ भने वा पद उही रहेर काम थोरै हुन्छ, वा रिस्क कम हुन्छ भने बिकास बैंकमा के खराबी छ र ?’ केहि समयमा नै एक विकास बैंक हानिन लागेका एक बैंकर भन्छन्, ‘आफ्नो काम देखाउने हो, जता गए पनि हुन्छ ।’ यता केहि बैंकरहरुको प्रतिक्रिया भने फरक छ । उनीहरुका अनुसार नेपालमा कतिपय बिकास बैंक केहि वाणिज्य बैंकभन्दा निकै राम्रा छन् । ‘मालिककि बुढी, ड्राइभरसँग किन पोइल जान्छन् त ? धनी नामर्द बुढो भन्दा ठिक्कको मर्द बुढो नै ठिक होइन र ?’ एक बैंकरले निकै रमाइलो पारामा अर्थ सरोकारसँग भने, ‘बैंक ठुलो भएर हुँदैन, सबैकुराले काम गर्न सकिने ठाउँ हुनुपर्यो । केहि वाणिज्य बैंकहरु नामर्द धनी बुढाजस्ता छन् भने केहि बिकास बैंकहरु ठिक्क तर मर्द बुढाजस्तो छन् । अव रोज्ने कुन तपाईंको इक्षा ।’      
यता वाणिज्य बैंकबाट बिकास बैंकमा गएकाहरु जोखिम पनि कम हुने, र काममा पनि आनन्द हुने बताउँछन् । ‘मेन कुरा प्रेसर हो । वाणिज्य बैंकहरुमा अत्याधिक प्रेसर हुन्छ । बिकास बैंकमा त्यस्तो नहुने होइन । तर बिकास बैंकमा वाणिज्य बैंकको तुलनामा प्रेसर कम हुन्छ ।’ वाणिज्य बैंक छाडेर बिकास बैंकमा हानिएका एक बैंकर भन्छन्, ‘ग्रोथ हुने ठाउँपनि धेरै हुन्छ ।’       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: