×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्युनिष्ट पार्टी स्थापना दिवस प्रकरण : ब्यानरबाट ओली र प्रचण्डको फोटो हटाइयो !

PRIME CA
GLOBAL IME BANK

कम्युनिष्ट पार्टी स्थापना दिवस प्रकरण : ब्यानरबाट ओली र प्रचण्डको फोटो हटाइयो !

९ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ  – कार्यकर्ता उग्ररुपमा प्रस्तुत भएपछि वाम एकता दिवसको कार्यक्रममा राखिएको मुख्य ब्यानर झिकिएको छ । ठूलो संख्यामा रहेका कार्यकर्ताहरुले ब्यानरमा मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका थिए । विरोधका कारण ब्यानर नै निकालिएको हो । १२ बजे सुरु हुने भने पनि अहिलेसम्म कार्यक्रम सुरु भएको छैन ।
लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रममा मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएको थियो ।
पार्टी एकताको मितिका रुपमा हेरिएको वैशाख ९ को यो कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको संदेश दिने कार्यक्रम छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: