
- समाचार टिप्पणी
बोल्न पाएपछी प्वाक्क बोलिदिने र पछी ‘बोल्दिन-बोल्दिन भन्दापनि साथीहरुले बोलाएरै छोडे’ भन्ने हास्यास्पद जवाफ दिने अम्बिका पौडेलले केहि दिन अगाडी चन्द्रागिरीमा रहेको भालेश्वर महादेव (कम्पनीले नक्कली मनिद्रलाई भालेश्वरको मन्दिर दावी गर्छ ।) को नाम जोडेर सेयर बजारबारे टिप्पणी गरे । उनको भनाइ थियो, ‘भालेश्वर महादेवकहाँ आएर किन झुट बोल्नु, बजार १५०० सम्म पुग्न सक्छ र तल झर्न सक्छ ।’ यसपाली उनको भनाइ मात्र भनाइ रहेन सामाजिक सञ्जालमा सबैले उनको खिल्ली उडाए ।
अहिले उनकै शैलीमा विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जाल तताईरहेका छन् । एक फेसबुक प्रयोगकर्ताले यो प्रकरण भएको केहि दिनमा स्ट्याटस राखे, ‘पशुपति आएर के झुट बोल्नु, बजार २००० सम्म पुग्छ ।’ त्यस्तै अर्का एक लगानीकर्ताले साँगामा रहेको महादेवको मुर्ति अगाडी फोटो खिचेर फेसबुकमा राख्दै भने, ‘महादेवका अगाडी के झुट बोल्नु, नेप्से फेरि १२००मा आउन सक्छ ।’ एकाएक सामाजिक संजालमा भाइरल बनेको यो शैलीले नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष समेत रहेका अम्बिका पौडेलको बोली कति चलखेलयुक्त र कति सस्तो हुन थालेछ भन्ने कुरालाई थप बल पुर्याएको छ ।
‘भालेश्वर’ काण्ड र लगानीकर्ताले सिक्नुपर्ने पाठ !
यसो त विभिन्न संघका नाममा साना लगानीकर्ता फसाउने खेल नेपालमा पूरानो हो । आफुले किनेपछी बजार बढ्छ भन्ने र आफुले बेचेपछि बजार अव स्वात्तै घट्छ भन्ने कथित विश्लेशक र कथित नेताका बोलीले साना लगानीकर्ताहरु फसीनै रहेका छन् । बजार घट्न थालेपछी अर्थमन्त्रीलाई भेट्ने, मार गाली खाने, मिडियालाई अर्थमन्त्रीले सकारात्मक कुरा गर्नुभयो अव बजार बढ्छ भन्दै आफु त्यहि बढेको बजारमा सेयर बेच्ने ठुला भनिएका लगानीकर्ताको रबैया केहि समय अगाडी नै छताछुल्ल भएको थियो । केहि समय अगाडी नै बजार घट्न थालेपछी आन्दोलनको धम्की दिने र बढेको बजारमा आफुले बेचेपछि सेलाउने गरेको घटना पनि हामीबीच ताजै छ । पछिल्लो प्रकरणले साना लगानीकर्ताले ठुलाहरुले कसरी फसाउँछन् भन्ने तथ्य सिक्नुपर्ने देखिन्छ ।
कहिलेसम्म ‘भेडा’ बनिरहने हामी साना लगानीकर्ता ?
यो सेयर बजारको यथार्थ हो । साना लगानीकर्ताहरु सधैं भेडाजस्तो व्यवहार गरिरहेका छन् । यस्ता प्रकृतिका साना लगानीकर्ताहरु अम्बिका पौडेल वा यस्तै ठुला लगानीकर्ताले के भन्छन् भन्ने सुनेर लगानी गरिरहेका हुन्छन् ।पछिल्ला केहि प्रकरणले सानालाई कसरि फसाईदो रहेछ भन्ने पनि स्पष्ट देखिएको छ । फोरमले दिएको आन्दोलनको धम्की के का लागि थियो, अर्थमन्त्रीको भेट के का लागि थियो र अस्वाभाविक रुपमा आएको १५०० को इन्डेक्स धारणा केका लागि थियो भन्ने सबैले बुझ्न जरुरी छ, धेरैले बुझिसके । अम्बिका पौडेल कति सहजै भन्छन्, ‘हामी दिनमा करोडौंको घाटा खाँदा केहि छैन, जिन्दगीभर करोडको कारोबार नगर्नेले हामीलाई गाली गर्छन्। ‘ यसले उनेको साना लगानीकर्ताप्रतिको सोच कति तल्लो स्तरको छ भन्नेसमेत प्रमाणित गर्छ । त्यसैले यस्ता कथित नेताका कुरा सुनेर हामी लगानीकर्ता भेडा बन्नु हुँदैन भन्ने कुरा बुझ्ने बेला आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्