
काठमाडौँ – तत्कालीन सीइओले छोडेपछी र अनिल शाहलाइ बैंकमा आउन नेपाल राष्ट्र बैंकले रोकेपछि काँधमा ठुलो जिम्मेवारी लिएर हिंडेका जीवन भट्टराईले अन्तत: सेञ्चुरी कमर्सियल बैंकमा ‘कमाल’ देखाएका छन् । बैंकले चैत्र मसान्त सम्ममा रु. ६३ करोड खुदमुनाफा गरेको छ र यो मुनाफागत त्रैमासको तुलनामा १०३५ को बृद्धि हो । बैंकले गतवर्षको सोही अवधिको तुलनामा शतप्रतिशत भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले चैत्र मसान्त सम्ममा रु. ५२.७३ अर्व निक्षेप संकलन गरी रु. ५० अर्व भन्दा बढी कर्जा प्रवाह गरेको छ ।भट्टराईले विगत सात महिनादेखि का.मु.प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समाल्दै आएका छन् ।
यस अवधीमा बैंकले ९ वटाथप शाखाहरुसमेत सञ्चालनमा ल्याएको छ । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटाशाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्