
काठमाडौँ- ज्योति बिकास बैंकमा कामु सीइओ रहेका मनोज कुमार ज्ञवालीलाई बैंकको सञ्चालक समितिले सीइओमा नियुक्त गरेको छ । बैंकका सीइओ कृष्ण बहादुर कुँवरले राजीनामा दिएपछि बैंकले उनलाई कामु सीइओको जिम्मेवारी दिएको थियो ।
यसअघि नेपाल राष्ट्र बैंकमासमेत काम गरेका ज्ञवालीले त्यसपछि ग्लोबल आइएमइ बैंकमा समेत काम गरेका थिए । ग्लोबल आइएमइ बैंकको काम छोडेर एक हाइड्रोमा काम गर्न गएका उनले उक्त जागिर छोडेर ज्योति बिकास बैंकको डेपुटी सीइओको पद सम्हालेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट बिबिए गरेका उनी चार्टड एकाउन्टेन्ट हुन् भने हाल पीएचडी गरिरहेका छन् । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका सदस्य समेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्