Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषको एजीएम दिउँसो २ बजे हुँदै, के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नागरिक लगानी कोषको साधारण सभा शुक्रबार (वैशाख ७ गते)  हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुँदैछ । कोषले २२% बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । त्यस्तै, कर तिर्न १.१५% नगद लाभांश दिने पनि सभाको एजेन्डा छ ।
नागरिक लगानी कोषले बोनसमा १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ र नगद लाभांश वापत ८५ लाख ७१ हजार ४८८ रुपैयाँ खर्च गर्नेछ । आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि सभामा पेश गरिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK