
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिटिजन लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न शुक्रबार (वैशाख ७ गते) साधारण सभा बोलाएको छ । चालु आर्थिक वर्षमा सञ्चालनमा आएको यस सिटिजन लाइफको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । यस इन्सुरेन्सले जारी पुँजीको कम्तीमा ३०% आइपीओ सर्वसाधारणलाई बिक्री गर्नुपर्ने हुन्छ ।
यसआधारमा, सिटिजनले न्यूनतम ७५ लाख कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्नुपर्छ । अधिकतम ४९% सम्म आइपीओ जारी गर्न पाउने प्रावधान छ । यस कम्पनीले हाल विभिन्न स्थानमा ३५ वटा शाखा कार्यालय खोलेर बिमा कारोबार सञ्चालन गरिरहेको छ ।
सिटिजनले सभामा लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पनि लैजानेछ । साधारण सभा दिउँसो १ बजे शिखर बिज सेन्टर थापाथली, काठमाडौंमा सुरु हुनेछ । आर्थिक वर्ष २०६३–६४ देखि २०७३–७४ सम्मको वासलात, नाफा नोक्सान हिसाब सहितका विवरण पनि साधारण सभाका एजेन्डा हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्