×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप- ३ : सिटिजन्समा भएको ‘सुनकाण्ड’ झन् रहस्यमय बन्दै ! सूचना अधिकारी र ‘ब्रान्च मेनेजर’कै मत बाझियो !

अर्थ सरोकार

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार

PRIME CA

फलोअप- ३ : सिटिजन्समा भएको ‘सुनकाण्ड’ झन् रहस्यमय बन्दै ! सूचना अधिकारी र ‘ब्रान्च मेनेजर’कै मत बाझियो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- फोन गर्दा नउठाउने र एसएमएसमार्फत प्रतिक्रिया माग्दा फोन नै अफ गर्ने सिटिजन्स बैंकका सुचना अधिकारी अन्तत: अर्थ सरोकार डटकमको सम्पर्कमा आएका छन् । बैंकमा भएको सुनकाण्डका बारेमा अर्थ सरोकार डटकमले लगातार फलोअप गरेपछि बैंकका सुचना अधिकारी बोधराज देवकोटाले आफैं सम्पर्क गरी अर्थ सरोकार डटकमका प्रतिनिधिलाई बैंकमा भएको सुन चोरी प्रकरणका बारेमा मुख खोलेका हुन् । यसो त बैंकका कुपन्डोलस्थित साखाका ब्रान्च मेनेजर रोशन मानन्धरले बैंकबाट सुन हराएको तथ्य पुष्टि गर्दै आन्तरिक अनुसन्धान भइरहेको अर्थ सरोकारलाई जानकारी दिएका थिए । सुचना अधिकारी देवकोटाले आफ्नो फोन बिग्रिएको बताउँदै आफु मिडियासँग भाग्न नखोजेको पनि स्पष्टसमेत पारेका छन् ।
कुपन्डोल साखामा भएको सुन काण्डबारे यसो भन्छन् बैंकका सुचना अधिकारी !
‘सुन हराएकोबारे हाम्रो आन्तरिक स्रोतले सबै पत्ता लगाईसक्यो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘अहिले सबै ठिक छ । सबै कुरा ‘सेटल’ भइसकेको छ ।’ ‘हामीले बैंकका गोल्ड चेकरलाई सुन चोरीको आरोपमा घरका व्यक्तिहरुसमेत बोलाएर कागज गरी एक जनालाई मात्र फसाउने काम भएको छ भन्ने खबर पायौं, बैंकको उपल्लो तहका कर्मचारीसमेतको मिलेमतो नभई यत्रो काण्ड घट्यो होला र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘तपाईंले राम्रो कुरा उठाउनु भयो । यस विषयमा सुचना प्रदान गर्ने कुरामा हामी एकदम जवाफदेहि छौं । तर तपाईंले जे सुन्नु भएको रहेछ, त्यस्तो होइन । बाहिर त अनेक कुराहरु आएका छन् । ती सबै भ्रामक हुन् । हामीले सबै कुरा पत्ता लगाईसक्यौं ।’ उनले उक्त प्रकरणमा सबै कुरा पत्ता लगाएर आफुहरु समाधानको बाटोमा समेत लागीसकेको दावी गरेका छन् । ‘हामीले यो इस्युलाइ फाइनल गरेर सोलुसनको बाटोमा लागिसकेका छौं । त्यसबाट कुनै पनि हाम्रा ग्राहकलाई, क्लाइन्टलाई वा बैंकलाई कुनै पनि खालको असर गर्दैन ।’ उनले भने ।
सुचना अधिकारी र ब्रान्च मेनेजरकै कुरा बाझियो !
यता अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै सुचना अधिकारीले जे बोले र अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका कुपन्डोल साखाका ब्रान्च मेनेजरले जे बोलेका छन्, यी दुइ कुराहरु नै बाझिएका छन् । बैंकको कुपन्डोलस्थित साखाका ब्रान्च मेनेजर रोशन मानन्धरले आफुहरु अनुसन्धानको प्रक्रियामा नै रहेको र प्रहरीलाई खबर गरेको बताएका छन् भने बैंकका सुचना अधिकारीले आफुहरुले आन्तरिक रुपमै उक्त समस्याको समाधान झिकेको बताईरहेका छन् । प्रहरीलाई खबर गरिएको बारेनै दुइ पक्षको कुरा बाझिएको छ । यता बैंककै अन्य एक कर्मचारीले बैंकका गोल्ड चेकरलाई कागज गराएको गोप्य जानकारी अर्थ सरोकार डटकमलाई गराउँदा बैंकका सुचना अधिकारीले भने उक्त कुरा भ्रामक भएको बताईरहेका छन् । बैंकका ब्रान्च मेनेजरले छानविन भइरहेको, प्रहरीको सहयोग मागेको र अनुसन्धान नसकिएको बताउँदा बैंकका सुचना अधिकारीले केस सल्टीसकेको बताएका छन् । यसले घटनालाई झन् रहस्यमय बनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: