×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स् बैंक १२ औं बर्षमा प्रवेश, यी हुन् पछिल्लो १ बर्षभित्र बैंकभित्र घटेका आधा दर्जन विवादाष्पद घटना !

अर्थ सरोकार

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार

PRIME CA

सिटिजन्स् बैंक १२ औं बर्षमा प्रवेश, यी हुन् पछिल्लो १ बर्षभित्र बैंकभित्र घटेका आधा दर्जन विवादाष्पद घटना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स् बैंक इन्टरनेशनलले आफ्नो ११ औं बार्षिकउत्सव मनाएको छ । बैसाख ७ गते बैंकले आफ्नो ११ औं बार्षित उत्सव मनाएको हो । यससँगै बैंक ११ बर्ष पूरा गरी १२ बर्षमा लागेको छ । लामो समय निकै सानदार रुपमा चलेको बैंक पछिल्लो एक बर्षभने विवादनै विवादमा फसेको छ । बैंकका डेपुटी सीइओले गैरकानुनी काम गरेको प्रमाणित भएपछी कारवाही भोगेको घटनादेखि बैंकको कुपन्डोलस्थित साखामा १७३ तोला सुन हराएको घटनासम्म आइपुग्दा बैंकले बर्ष २०७४मा मात्रै थुप्रै विवादाश्पद घटनाहरु झेल्नुपरेको छ ।
१. बैंकका डेपुटी सीइओ रहेका गणेश राज पोखरेलले गैरकानुनी काम गरेको पाईएपछी लेखा व्यवसायको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कारवाही गरेको खुलासा भयो ।
२. बैंकको कुपन्डोलस्थित साखाबाता १७३ तोला सुन हरायो । बैंकको सुरक्षामा निकै ठुलो प्रश्न उठ्यो । बैंकमा लकरमा राखिएको सुन साटीने गरेको समेत आरोप लाग्यो ।  
३. बैंकर्स एसोसीएसनलाई मौन रुपमै बैंकका सीइओले बहिष्कार गरे । बैंकका सीइओ राजन सिंह भण्डारी लामो समयदेखि संघको बैठकमा गएका छैनन् ।
४. बैंकका विभिन्न साखाहरुमा ग्राहकले निकै झुर सेवा पाएको गुनासो छताछुल्ल भयो । त्यसमाथि पनि कोटेश्वर साखामा ग्राहकले पाएको पीडा त भाइराल नै भयो ।
५. बैंककि एक कर्मचारीलाई एनआइसी एसीयाबाट आउँदा बैंकका मिडियासम्बन्धि डाटाहरु चोरेर ल्याएको र त्यसलाई सिटिजन्स बैंकका तर्फबाट दुरुपयोग गरेको आरोप लाग्यो ।
६. बैंकका सुचना अधिकारी कतिसम्म झुट बोल्दारहेछन् भन्ने तथ्य प्रमाणित भयो । बैंकको कुपन्डोलस्थित साखामा भएको घटनालाई लिएर बैंकका सुचना अधिकारी बोधराज देवकोटाले हाकाहाकी मिडियाकर्मीलाई ढाँटेको घटना पनि चर्चामा रह्यो ।       
माथि उल्लेखित समाचारका लिंकहरु निम्नानुसार  छन्। 
    
सिटिजन्स् बैंक १२ औं बर्ष पूरा गरेकोमा शुभकामना !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: