
काठमाडौं – सिभिल बैंक लिमिटेडले आफ्नो ५९औं शाखा लमजुङ बेसीशहर, त्रिवेणी टोलमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन शनिबार नेपाल राष्ट्र बैंककागभर्नर चिरंजीवि नेपालले गरे ।
शाखा उद्घाटन समारोहमा राष्ट्र बैंकका गभर्नर डा.नेपाल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, सांसद जमिन्द्रमान घले, बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्याल, राइनास नगरपालिका मेयर सिंहबहादुर थापा, राष्ट्र बंैकका निर्देशक राजेन्द्र पण्डित लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्र बैंकका गभर्नर डा. नेपालले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउँदै देशका अति दुर्गम स्थानहरुसम्म बित्तीय पहुँच पु¥याउने सोच अनुरुप मौद्रिक निति बनाईने र त्यस्को कार्यान्वयनमा जोड दिइने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेका बताए ।
सिभिल बैंकले हालसम्म २ लाख भन्दाबढी ग्राहकहरु रहेको रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ ।बैंकले यस अघि लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमाल्याईसकेको छ । लमजुङ बेसीशहरशाखासहित यस बैंकको लमजुङजिल्लामा ५ शाखा र कुलशाखा संख्या ५९ पुगेकोे बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्