
इटहरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी देवानगञ्जमा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैरकानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति रु पाँच सय र रु एक हजारको रसिद काटेर स्थानीयवासीलाई ठग्ने कार्य गरिरहेका अवस्थामा उनीहरुलाई ठगीको आरोपमा नियन्त्रणमा लिई आवश्यक सोधखोज र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको म्याङ्गलुङ्ग नगरपालिका–१० का २१ वर्षीय सुदन सुवेदी, सोही स्थानका २१ वर्षीय जुनिल सुवेदी र सप्तरी कञ्चनपुर नगरपालिका–५ का १९ वर्षीय प्रख्यात मिश्र रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्