
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर ३४ शान्तिनगर फुटसल नजिक रहेको शुकुम्बासी बस्ती घर नम्बर ए-५ मा हत्या गरेर खाटमुनि लुकाइएको अवस्थामा २ बच्चाको शब फेला परेको छ । भवानी सापकोटाको घरबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत नयाँ बानेश्वर र महानगरीय अपराध महाशाखाको टोलीले उक्त घरमा खानतलासी गर्दा घांटी थिचेर हत्या गरेको अवस्थामा २ बच्चाको शब फेला पारेको हो । दिलिप पनि सोहि घरमा डेरा गरी बसेका थिए ।
यस्तो छ घटनाको विवरण !
सम्झना सरदार र दिलीप यादव ‘लिभिङ टुगेदर’मा बस्थे । ६ महिनाअघिदेखि ‘लिभिङ टुगेदर’मा बसेका उनीहरुबीच सुरुदेखि नै राम्रो सम्बन्ध थिएन । असामान्य व्यवहार देखाउने दिलिप यादव पटकपटक उनलाई र उनका २ छोरालाई नमज्जासँग कुट्ने गरेको मृतकका दिदि बताउँछिन् । २ बच्चा शुशिल सरदार र सुजल सरदार र उनीहरुकी दिदी भने नजिकै हजुरआमासँग बस्दै आएका थिए । दिलिपले ८ वर्षीय सुजल र ६ बर्षीय सुजनको हत्या गरेका हुन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार सम्झना विराटनगर गएको बेला पारेर दिलिपले २ बालकको हत्या गरेका हुन् । प्रहरीका अनुसार ती २ बालक बैसाख ९ गते बाट सम्पर्कबिहिन भएका थिए । सोमबार बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका थिए । दिलीपको खोजी भइरहेको छ ।
मृतककि आमा सम्झना सरदार अहिले बिराटनगरको रानीस्थित केटिएम होटलमा रहेको गोप्य सुचना अर्थ सरोकार डटकमलाई आएको छ । साथै प्रहरीले खोजीरहेका हत्याका अभियुक्त दिलिप यादव अहिले बारामा रहेको र पटक पटक सम्झनालाई सम्पर्क गरीरहेको जानकारी पनि अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्