- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देवः विकास बैंकको ४०% हकप्रद सेयर आजदेखि बिक्रि खुल्ला भएको छ । बैंकले १०:४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता शेयर निष्काशन गरेको हो । बैंकको सेयरमा फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आबेदन दिन पौने छ । यो हकप्रदमा वैशाख ३० गते सम्म आवेदन दिन पाउनेछन् ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यपिटल रहेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८७ हजार ८५९ रुपैयाँ पुग्नेछ ।