Skip to content
LAXMI SUNRISE BANK

दोर्दी खोला हाइड्रोले निकालेको शेयर निष्काशनको सूचना ‘गैरकानुनी’ भएको पुष्टी, धितोपत्र बोर्डले दियो यस्तो निर्देशन !

अर्थ सरोकार

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनीका नाममा निकालिएको शेयर निष्काशनको सूचना  गैर कानुनी भएको धीतोपत्र बोर्डले पुष्टी गरेको छ ।  बोर्डले कुनै पनि संगठित संस्थालार्इ सार्वजनिक शेयर निष्काशन गर्नु अघि बोर्डमा दर्ता गर्न निर्देशन दिएसंगै उक्त कम्पनीको सूचना गैरकानुनी भएको पुष्टी भएको हो । 
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २७ बमोजिम सार्वजनिक शेयर निष्काशन गर्नु अघि बोर्डमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ । बोर्डले विगतमा पनि गैरकानुनी ढंगबाट सार्वजनिक रुपमा निष्काशन गर्न लागेका संगठित संस्थालार्इ रोक लगाएको थियो। बोर्ड यस्ता शेयरमा लगानी नगर्न लगानीकर्तालार्इ सतर्क गराएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK