
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ।
सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बातायो। बुधबार गृहमन्त्रालयमा राउतलाई बयानको लागि बोलाएको थियो। तर बयान दिदै उनी एकाएक सम्पर्कबिहिन भएका थिए।
डिएसपि राउत इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत थिए । बुधबार समितिले एसपी बिकासराज खनाललाईसमेत पक्राउ गरेको थियो ।
३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकामा प्रहरीका दुई बहालवाला र एक पूर्वअधिकारीसमेत छन् । डिएसपी राउत कहाँ छन् कहाँ छन् भन्ने बारेमा कसैलाई पनि जानकारी नभएपछि उनको खोजि तिब्र पारिएको स्रोतले बतायो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्