Skip to content
LAXMI SUNRISE BANK

इजीलिंक रेमिट्यान्स र सानिमा बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

अर्थ सरोकार

इजीलिंक रेमिट्यान्स प्रा.लि. र सानिमा बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल, अपरेशन म्यानेजर सालिक राम दाहाल र सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागांई, विप्रेषण विभाग प्रमुख निमेष श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम सानिमा बैंकका देशभरी रहेका ५८ शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ । 
सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिए । इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखि विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ ।
इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको र यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका ५००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK