काठमाडौँ – बिपी राजमार्गमा बालुवा र गिट्टी बोक्ने टिप्परको दादागिरीबाट शिक्षामन्त्री गिरिराजमणि पौडेलको ज्यान बालबाल जोगिएको छ । मंगलवार बिपी राजमार्ग हुँदै मन्त्री पोखरेल महोत्तरीको बर्दिवास जाने क्रममा उक्त घटना घटेको थियो । बिपी राजमार्गमा टिप्परको ठक्करबाट उनको गाडीमो क्षति भएको छ भने चालक घाइते भएका छन् । मन्त्रीजस्तै यस राजमार्गमा यात्रा गर्ने साना सवारी साधनले टिप्परको ठुलै समस्या झल्नु परिरहेको छ ।
बा ४ ख ९४८६ नम्बरको टिप्परले ठक्कर दिँदा मन्त्री पोखरेल चढ्ने बा २ झ ३३९७ नम्बरको गाडीको अघिल्लो भाग कुच्चिएको छ । मन्त्रीको गाडीलाई ठक्कर दिएपछि प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ ।