
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एभरेष्ट इन्सुरेन्सको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि इन्सुरेन्सले सेयर प्रतिकित्ता १३ सय १४ रुपैयाँ कायम भएको छ । सोमबार बजार खुल्दा एभरेष्टको सेयर कारोबार १३ सय १४ रुपैयाँलाई नै आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने १३ सय ५२ रुपैयाँ ८२ पैसा छ ।
एभरेष्ट इन्सुरेन्सले वैशाख १० मा हुने साधारण सभाको लागि सोमबारदेखि नै बुक क्लोज गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । कम्पनीले ६ लाख ३९ हजार ४७४ रुपयाँ नगद लाभांश दिने प्रस्ताव लैजानेछ । कम्पनीले संस्थापक हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्