
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा सोमबार दिउसो २ बजेबाट सुरु हुने भएको छ । यो सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सुरु हुँदैछ । उक्त सभामा कम्पनीले १०% बोनस सेयर र कर तिर्न ६ लाख ३९ हजार ४७४ रुपयाँ दिने प्रस्ताव पेश गर्दैछ भने संस्थापक सेयर हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गर्ने सभाको विशेष एजेन्डा रहेको छ ।
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश गरिंदैछ । कम्पनीको बोनस हकप्रदपछि पुँजी परिवर्तन हुने भएकाले त्यही अनुरुप नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिंदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गतेदेखि सोमबार (वैशाख १० गते) सम्म बुक क्लोज गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्