
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चितवनको नारायणगढमा आफ्नो १०औँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शुक्रबार (बैशाख १४ गते)देखि संचालनमा आएको शाखामा एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेशन काउन्टरको सुविधा तथा डीपी सेवा र सीआस्वा सेवा लगायतका बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् ।
ललितपूरको हरिहर भवनमा केन्द्रीय कार्यालय रहेको बैंकको शाखा कार्यालहरु काठमाडौँको चावहिल, चुच्चेपाटी र कान्ती राजपथमा रहेको छ । त्यस्तै, हेटौँडा, आदर्शनगर, विरगञ्ज, चारआली, विर्तामोड, थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर र धनुषामा पनि गुहेश्वरी फाइनान्सको शाखा रहेका छन् ।
०७४ चैत मसान्तस फाइनान्सले दुई अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सले पाँच करोड ९५ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ । ८० करोड रुपैयाँ चुक्तापूँजी भएको फाइनान्सको जगेडा कोषमा १० करोड ६० लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्