
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको छ । माइक्रोफाइनान्सले तेस्रो त्रैमासमा २६.७१% ले खुद नाफा वृद्धि भई ७ करोड ३० लाख ७३ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले खुद ब्याज आम्दानी पनि २६.४८% ले वृद्धि गरी १२ करोड ३ लाख २ हजार रुपैयाँ पुर्याएको छ ।
फर्स्टको सञ्चालन नाफा ११ करोड ४८ लाख ३० हजार रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा २६.७१% ले धेरै हो । विगतमा जस्तै यो त्रैमासमा पनि खराब कर्जा अनुपात शुन्य नै रहेको छ । यो लघुवित्तको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी गत वर्षको भन्दा ११४.६१% ले बढेको हो । रिजर्भ कोषमा पनि ४४.७१% सुधार गरी १४ करोड ४४ लाख ७६ हजार रुपैयाँ जम्मा गरेको छ ।
यता, फर्स्ट माइक्रोफाइनान्सले हालैमात्र २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गरेको छ । यो हकप्रदपछि चुक्ता पुँजी अझ बढ्नेछ । फर्स्टको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्