- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हाम्रो विकास बैंकले ७.३० % बोनश सेयर दिने भएको छ । बैंकले चुक्ता पूँजी ४५ करोड ८७ लाख ५० हजार ८ सय १२ रुपैयाँको ७.३० प्रतिशत बोनश सेयर दिने भएको हो ।
बोनश शेयर स्वीकृति गर्नका लागि बैंकले नवौँ साधारणसभा वैशाख ३१ गते बोलाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २० गतेदेखि बुक क्लोज गर्ने बैंकले जनाएको छ । सभामा ७.३०% बोनस र कर तिर्नका लागि ०.३८३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने एजेन्डामा राखेको छ ।